नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा ल्यायो अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा ल्यायो अफर : Icon Khabar

काठमाडौं, चैत ३० । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई अफर ल्याएको छ।

कम्पनीले न्यु इयर लाइट र न्यु इयर प्रिमियम डेटा प्याकेज उपलब्ध गराउने भएको हो।

न्यु इयर लाइट अन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ। त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ।

१० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेज चलाउन सकिने समय ३० दिनको हुनेछ।

अफर अन्तगर्ग आज ३० चैतदेखि २ वैशाख २०८३ सम्म प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमा समावेश हुनेछ।

अफर प्राप्त गर्नका लागि मोबाइलमा *1415*11# डायल गर्नुपर्ने हुन्छ। नेपाल टेलिकमको एप र वेबसाइटबाट पनि प्याकेज खरिद गर्न सकिनेछ ।

Published Date: 13 April 2026






ताजा
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड