सम्पत्ति विवादबीच गृहमन्त्री गुरुङद्वारा विवादास्पद टिप्पणी हटाइयो

सम्पत्ति विवादबीच गृहमन्त्री गुरुङद्वारा विवादास्पद टिप्पणी हटाइयो : Icon Khabar

काठमाडौं, चैत ३० । गृहमन्त्री सुधन गुरुङले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दिएका आफ्नो विवादास्पद टिप्पणी हटाएका छन्। सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्।

मन्त्रीहरूको सम्पत्ति अपेक्षाभन्दा धेरै देखिएको भन्दै चर्को बहस सुरु भएपछि गुरुङले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत प्रतिक्रिया दिएका थिए। उनले सरकारमा आउनुअघि कमाएको सम्पत्तिलाई ‘पाप’ भन्न नमिल्ने उल्लेख गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए। तर, उक्त अभिव्यक्तिले झनै आलोचना बढाएपछि उनले सो पोस्ट हटाएका हुन्।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। विवरणमा विशेषगरी सुन, चाँदी लगायतका गरगहनाको परिमाणबारे सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ।

आलोचनाको बीचमा गुरुङले ‘मानिस गरिब भएर जन्मिनु गल्ती होइन तर गरिब भएर मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै, उनले इमान्दारीपूर्वक कमाएको सम्पत्तिलाई गलत रूपमा नलिन आग्रह गर्दै भ्रष्टाचारबाट आर्जित सम्पत्ति मात्र निन्दनीय हुने बताएका थिए।

तर, उनको उक्त भनाइलाई लिएर सामाजिक सञ्जालमा आलोचना चर्किएपछि अन्ततः उनले सो टिप्पणी हटाएका हुन्।

Published Date: 13 April 2026
ताजा
सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर
मनसुन सक्रिय: देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना
आज सोमबारको राशिफल
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय