एमटिबी यू–२० अपहिल साइकल च्यालेन्ज सम्पन्न

एमटिबी यू–२० अपहिल साइकल च्यालेन्ज सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ३० । देशमा बढ्दो इन्धन संकट र मूल्यवृद्धिका बीच साइकल कनेक्ट भक्तपुरको आयोजना तथा नेपाल इको प्यानल, जुजु बाइक्स र जेरो वन स्टुडियो को सहकार्यमा एमटिबी अण्डर–२० उकालो साइकल प्रतियोगिता भक्तपुरमा सम्पन्न भएको छ।

प्रतियोगिताको उद्देश्य विशेषगरी जेनजी युवालाई वातावरणमैत्री जीवनशैलीतर्फ प्रेरित गर्दै शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै साइकलमार्फत भविष्यमा देश–विदेशमा पहिचान स्थापित गराउनु रहेको रियाज कर्माचार्य ले जानकारी दिए।

भक्तपुरको सूर्यविनायक चोकदेखि घ्याम्पे डाँडासम्मको करिब ५ किलोमिटर उकालो मार्गमा सम्पन्न प्रतियोगितामा आयुष मगर ले २८ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा सहभागीहरूले यस्ता कार्यक्रमले युवामा साइकलिङमार्फत पनि सम्भावना खोज्न सकिने आत्मविश्वास बढाएको बताए। साथै, इन्धन संकटको अवस्थामा साइकललाई वैकल्पिक सवारीका रूपमा प्रोत्साहन गर्न यस्ता गतिविधिले सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

Published Date: 13 April 2026


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली