प्रस्थानको तयारीसँगै अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता

प्रस्थानको तयारीसँगै अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २८ । सार्वजनिक पदमा रहँदा प्रयोगका लागि उपलब्ध गराइएको सरकारी सम्पत्ति फिर्ता गर्ने क्रममा अर्थमन्त्री रामेश्वर खनालले आफ्नो नाममा जारी गरिएको कूटनीतिक राहदानी सम्बन्धित निकायमा बुझाएका छन्।

अर्थ मन्त्रालय प्रशासन महाशाखालाई सम्बोधन गर्दै लेखिएको पत्रमार्फत मन्त्रीले आफ्नो नाममा रहेको DA0002710 नम्बरको कूटनीतिक राहदानी मन्त्रालयको राहदानी शाखामा फिर्ता बुझाएको जानकारी गराएका हुन्।

पत्रमा सार्वजनिक पदमा रहँदा प्रयोगका लागि उपलब्ध गराइएको उक्त कूटनीतिक राहदानी अब आवश्यक नभएको भन्दै मन्त्रालयमार्फत फिर्ता बुझाइएको उल्लेख गरिएको छ। साथै, उक्त राहदानी सुरक्षित रूपमा बुझिलिएको जानकारी राख्न अनुरोध गरिएको छ।

प्रस्थानको तयारीसँगै आफूले प्रयोगमा रहेको सरकारी सम्पत्ति फिर्ता गर्ने जिम्मेवारी पूरा गरिएको उल्लेख गर्दै मन्त्रीले कूटनीतिक राहदानी सम्बन्धित निकायमा बुझाएको जनाइएको छ।

Published Date: 10 March 2026


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु