काठमाडौं उपत्यकामा वायुको गुणस्तर निकै खराब स्थितिमा

काठमाडौं उपत्यकामा वायुको गुणस्तर निकै खराब स्थितिमा : Icon Khabar

काठमाडौं, फागुन २६ । काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् ।

दिल्ली र ढाका दुवैमा वायु प्रदूषण निकै अस्वस्थको तह पार गरेका छन् ।

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।

उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

Published Date: 10 March 2026


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु