मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । चुनावपछि पहिलो पटक बजार खुल्दा आइतबार तीन पल्ट पोजेटिभ सर्किट ब्रेक लागेर १२ बजे नै बन्द भएको सेयर बजारमा दोस्रो दिन सोमबार भने उच्च गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा ओर्लिएको हो । हिजो नेप्से ६ प्रतिशतले बढेकोमा आज १.११ प्रतिशतको गिरावट आएको छ ।

हिजो १२ बजेसम्म कारोबार हुँदा ५५ करोड ५९ लाख ६३ हजारको कारोबार भएकोमा आज २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दिनभरमा कुल ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर कारोबार भएको छ ।

Published Date: 10 March 2026


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु