अपुष्ट सूचना र अफवाह नफैलाउन नेपाली समुदायलाई यूएईस्थित नेपाली दूतावासको आग्रह

अपुष्ट सूचना र अफवाह नफैलाउन नेपाली समुदायलाई यूएईस्थित नेपाली दूतावासको आग्रह : Icon Khabar

काठमाडौँ, फागुन १७ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ विकसित भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै यूएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।

दूतावासले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट प्राप्त सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अनावश्यक अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई सचेत गराइएको छ। साथै, परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दा पनि जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ।

सूचनामा यूएईका सम्बन्धित सरकारी निकायहरूले यस्ता गतिविधि स्थानीय कानुनअनुसार दण्डनीय हुने चेतावनी दिइसकेको उल्लेख गरिएको छ। त्यसैले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय कानुनको पूर्ण पालना गर्न तथा अफवाह फैलाउने कार्य नगर्न विशेष आग्रह गरिएको छ।

दूतावासले विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक वेबसाइट तथा सूचनामार्फत मात्रै अपडेट लिन अनुरोध गरेको छ। सरकारी निकायबाट जारी हुने सूचना तथा आधिकारिक अपडेटलाई मात्र आधार मान्न समेत आग्रह गरिएको छ।

यसअघि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न समेत सुझाव दिएको थियो।

Published Date: 01 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय