कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने

कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने : Icon Khabar

मुस्ताङ, फागुन १७ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल-चीन २४ नम्बरको कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो । उक्त अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ ।

जोमसोम-कोरला ११० किमि सडकखण्ड पनि फागुन २० राति १२ देखि २१ गते मतदान सम्पन्न नहुदाँसम्मका निम्ति बन्द गरिने जनाइएको छ ।

Published Date: 01 March 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न