आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन १७ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

गत शुक्रबार घटेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख २० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

Published Date: 01 March 2026


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग