कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव

रातिको समयमा टिपरहरू जथाभावी चल्दा बढ्यो दुर्घटना

कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव : Icon Khabar

भक्तपुर, माघ १५ । भक्तपुरको कमलविनायक क्षेत्रमा हिजो राति भएको सडक दुर्घटनाले शहरको कमजोर सडक व्यवस्थापन र ट्राफिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सर्वसाधारणले भक्तपुरमा आधारभूत ट्राफिक संरचनासमेत नहुनु दुर्घटनाको मुख्य कारण भएको बताएका छन्।

स्थानीयका अनुसार भक्तपुरका मुख्य सडकहरूमा अहिलेसम्म एकवटा पनि ट्राफिक लाइट छैन। जेब्रा क्रसिङको अभावले पैदलयात्रीहरू ज्यान जोखिममा राखेर सडक पार गर्न बाध्य छन् भने साइकल तथा बाइक लेनको व्यवस्था नहुँदा साना सवारी साधनहरू ठूला सवारीसँगै गुड्नुपरेको अवस्था छ। सडक संकेत चिन्ह (साइन बोर्ड) नहुँदा नयाँ चालक र पैदलयात्री अझै बढी जोखिममा पर्ने गरेका छन्।

“भक्तपुरमा ट्राफिक लाइट छैन, जेब्रा क्रसिङ छैन, बाइक वे छैन, सडक संकेत छैन। यस्तो अवस्थामा दुर्घटना हुनु अस्वाभाविक होइन,” एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “सुरक्षा नै नदिने हो भने सडक विस्तारको अर्थ के?”

विशेषगरी रातिको समयमा भारी सवारी साधन, विशेष गरी ट्रकहरू जथाभावी चल्दा दुर्घटनाको जोखिम झनै बढ्ने गरेको स्थानीयको गुनासो छ। त्यसैले ट्रक तथा भारी सवारीका लागि समय सीमा तोकिनु पर्ने माग पनि तीव्र बनेको छ।

सडक सुरक्षाका न्यूनतम मापदण्डसमेत पूरा नगरी सवारी आवागमन खुला राखिनु गैरजिम्मेवार कदम भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। कमलविनायकको दुर्घटना केवल एउटा घटना मात्र नभई, भक्तपुरको समग्र ट्राफिक व्यवस्थापन सुधार गर्न ढिलाइ गर्नु अब झनै खतरनाक बन्न सक्ने चेतावनीका रूपमा हेरिन थालिएको छ।

स्थानीयवासीले तत्काल ट्राफिक लाइट जडान, जेब्रा क्रसिङ निर्माण, बाइक लेनको व्यवस्था, स्पष्ट सडक संकेत र भारी सवारीका लागि समय निर्धारण गर्न माग गरेका छन्। नत्र यस्ता दुर्घटनाहरू दोहोरिरहने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
Published Date: 29 January 2026






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न