च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने

च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने : Icon Khabar

काठमाडौं, माघ १५ । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।

गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै टोलीले जित निकाल्दा न्युकासलले भने बराबरी खेल्यो । आर्सनलले काइरातलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । आर्सनलले ८ खेलमै जित निकालेर २४ अंक जोडेर शीर्षस्थानमा रह्यो ।

लिभरपुलले काराबागलाई ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो । लिभरपुल ८ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । टोटनहमले फ्रान्कफर्टलाई २-० ले पराजित गर्‍यो । टोटनहम १७ अंकका साथ चौथोमा रह्यो ।

यस्तै चेल्सीले नापोलीलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । चेल्सी १६ अंकका साथ छैटौं स्थानमा रह्यो । म्यान्चेस्टर सिटीले गालातासारेलाई २-० ले हराउँदै आठौं स्थानमा रहेर अन्तिम १६ का लागि छनोट हुन सफल भयो ।

न्युकासलले भने पीएसजीसँग १-१ गोलको बराबरी खेल्दा शीर्ष ८ भित्र पर्न सकेन र १२औं स्थानमा रहेर प्लेअफका लागि छनोट भयो ।

च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।

Published Date: 29 January 2026


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु