न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकाको आकाश धुम्म

न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकाको आकाश धुम्म : Icon Khabar

काठमाडौं, माघ ११ । न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशभरको मौसम बदली भएको छ।

आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा समेत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो। काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2026