प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)

भक्तपुर–१ मा २५ उम्मेदवारबीच प्रतिस्पर्धा

प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित) : Icon Khabar

भक्तपुर, माघ ११ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ठूलो संख्यामा उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगमा दर्ता विवरणअनुसार भक्तपुर–१ मा राष्ट्रिय तथा साना दलसँगै स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ।

निर्वाचन आयोगको आधिकारिक सूचीअनुसार भक्तपुर–१ बाट उम्मेदवारी दिने उम्मेदवारहरूको विवरण यसप्रकार रहेको छः

भक्तपुर–१ का उम्मेदवारहरू

  • सोम प्रसाद मिश्र — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • किरण न्यौपाने — नेपाली कांग्रेस

  • हरि राम लाबु — नेपाली कम्युनिस्ट पार्टी

  • रुकेश रञ्जित — राष्ट्रिय स्वतन्त्र पार्टी

  • भरत बहादुर खड्का — राष्ट्रिय प्रजातन्त्र पार्टी

  • श्याम सुन्दर शिवाकोटी — जनता समाजवादी पार्टी, नेपाल

  • प्रेम सुवाल — नेपाल मजदुर किसान पार्टी

  • ईश्वरी प्रसाद प्याँनी — राष्ट्रिय जनमोर्चा

  • रवि खड्का — प्रगतिशील लोकतान्त्रिक पार्टी

  • दामोदर काफ्ले — नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)

  • दिपक कुमार पोखरेल — नेपालका लागि नेपाली पार्टी

  • विष्णु हरि रिजाल — श्रम संस्कृति पार्टी

  • सावित्री न्यौपाने — मितेरी पार्टी नेपाल

  • चन्द्र मान काजु — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

  • रमेश वल्ल — उज्यालो नेपाल पार्टी

  • देवेन्द्र ठाकुर — आम जनता पार्टी (एकल चुनाव चिन्ह)

  • स्वतन्त्र उम्मेदवारहरू

  • दशरथ थापा — स्वतन्त्र

  • पुष्प राम सुवाल — स्वतन्त्र

  • बाल कृष्ण खड्का — स्वतन्त्र

  • राजु श्रेष्ठ — स्वतन्त्र

  • राजेश्वरी प्रजापति — स्वतन्त्र

  • विष्णु राम बुढाथोकी — स्वतन्त्र

  • सुनिता बुढाथोकी — स्वतन्त्र

  • सुदीप न्यौपाने — स्वतन्त्र

  • सुरेश काजु — स्वतन्त्र

भक्तपुर–१ मा यसपटक ठूला राष्ट्रिय दल, साना दल तथा स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति रहेकाले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। राजनीतिक दलका उम्मेदवारहरू विकास, सुशासन, रोजगारी र स्थानीय पूर्वाधारलाई प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्ना छुट्टै मुद्दा लिएर मतदाताको ढोका ढक्ढक्याइरहेका छन्।

आगामी निर्वाचनमा भक्तपुर–१ बाट को विजयी हुन्छ भन्ने विषयले स्थानीयदेखि राष्ट्रियस्तरसम्म चासो बढाएको छ।

Published Date: 25 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै