काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालनमा सहमति

काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालनमा सहमति : Icon Khabar
तिब्बतको राजधानी ल्हासामा अवस्थित ऐतिहासिक पोताला दरवार

काठमाडौं, माघ ११ । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमति गरेको छ । ६–७ माघमा चीनको ल्हासामा सम्पन्न तेस्रो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र पूर्वाधार विकासबारे छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा व्यापार सम्झौता संशोधन, सीमा प्रवेश पास सरलीकरण, भन्सार प्रक्रिया सहज बनाउने, शून्य भन्सार नीतिलाई निरन्तरता दिने तथा विपद्का समयमा सवारीसाधन पुनर्मार्गीकरण सुविधा दिने विषयमा सहमति भएको छ ।

त्यस्तै किमाथांका, रसुवा (जिलोङ), कोरला र हिल्सा नाकामा सडक, मितेरी पुल र आइसीपी निर्माणलाई तीव्रता दिने, नेपाल–चीन उच्च प्रविधियुक्त कृषि पार्क अघि बढाउने तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति पनि भएको छ ।

यस संयन्त्रको चौथो बैठक सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2026