काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालनमा सहमति

काठमाडौं–ल्हासा बस सेवा पुनः सञ्चालनमा सहमति : Icon Khabar
तिब्बतको राजधानी ल्हासामा अवस्थित ऐतिहासिक पोताला दरवार

काठमाडौं, माघ ११ । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमति गरेको छ । ६–७ माघमा चीनको ल्हासामा सम्पन्न तेस्रो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र पूर्वाधार विकासबारे छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा व्यापार सम्झौता संशोधन, सीमा प्रवेश पास सरलीकरण, भन्सार प्रक्रिया सहज बनाउने, शून्य भन्सार नीतिलाई निरन्तरता दिने तथा विपद्का समयमा सवारीसाधन पुनर्मार्गीकरण सुविधा दिने विषयमा सहमति भएको छ ।

त्यस्तै किमाथांका, रसुवा (जिलोङ), कोरला र हिल्सा नाकामा सडक, मितेरी पुल र आइसीपी निर्माणलाई तीव्रता दिने, नेपाल–चीन उच्च प्रविधियुक्त कृषि पार्क अघि बढाउने तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति पनि भएको छ ।

यस संयन्त्रको चौथो बैठक सन् २०२७ मा नेपालमा आयोजना गर्ने सहमति गरिएको छ ।

Published Date: 25 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै