रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध

रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध : Icon Khabar

रुकुमपूर्व, माघ १० । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।

सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।

​जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (DSP) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’

अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।

​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2026




ताजा
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान