प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने : Icon Khabar

काठमाडौँ, माघ ९ । प्रतिनिधिसभा सदस्यका लागि दर्ता भएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता प्रक्रिया सकिएसँगै आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरण गरिनेछ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको कार्यक्रमअनुसार माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय निर्धारण गरिएको थियो। सो अवधिमा परेका उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको प्रारम्भिक नामावली यसअघि नै प्रकाशन भइसकेको छ। आयोगले सबै प्रक्रिया समयमै सम्पन्न गर्दै चुनावी वातावरणलाई व्यवस्थित बनाउने तयारी तीव्र पारेको जनाएको छ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ उम्मेदवारी दर्ता भएका छन्। तीमध्ये ३,०८९ जना पुरुष, ३९६ जना महिला तथा अन्य एक जना उम्मेदवार रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट २७५ सदस्यीय संसद् गठन हुनेछ। तीमध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

Published Date: 23 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय