राष्ट्रिय कृषि कम्पनीको दोस्रो साधारण सभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

राष्ट्रिय कृषि कम्पनीको दोस्रो साधारण सभा सम्पन्न, आईपीओ प्रस्ताव पारित : Icon Khabar

काठमाडौँ, माघ १ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले कम्पनीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाबाट कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासनसम्बन्धी विशेष प्रस्ताव पनि पारित भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भइसकेकाले अब आईपीओ प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हाल संस्था नाफामा सञ्चालनमा रहेको छ भने नेटवर्थ करिब ११२ प्रतिशत पुगेको छ । सर्लाहीको लालबन्दीमा दैनिक करिब १,५०० केजी डल्ले च्याउ उत्पादन क्षमताको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । साथै, वार्षिक करिब २० लाख टन कम्पोस्ट मल उत्पादन क्षमताको प्लान्ट निर्माण कार्य सुरु भएको छ ।

त्यस्तै, काभ्रेको पनौती–४ मा मिनिमार्ट तथा कृषि उपज प्रशोधन केन्द्रको संरचना निर्माण अन्तिम चरणमा रहेको र आगामी महिनाबाट सञ्चालनमा ल्याइने जानकारी दिइएको छ ।

यसै दिन कम्पनीको सहायक संस्था आर.के.सी.एन.एल. आईटेक लिमिटेडको प्रथम वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ ।

Published Date: 15 January 2026
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो