डेढ महिनादेखि पानी नपर्दा हिउँदे खेती प्रभावित, अर्को हप्ता वर्षाको सम्भावना

डेढ महिनादेखि पानी नपर्दा हिउँदे खेती प्रभावित, अर्को हप्ता वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, माघ १ । हिउँद निख्रिन अब करिब डेढ महिना मात्रै बाँकी रहँदा पनि लामो समयदेखि वर्षा नहुँदा देशभर सुख्खा बढ्दै गएको छ । सामान्यतया मंसिर १५ देखि फागुन १५ सम्मलाई हिउँदयाम मानिए पनि हिउँद सुरु भएको डेढ महिनासम्म एक झर पानी नपर्दा हिउँदे खेती प्रभावित भएको छ ।

वर्षा नहुँदा वातावरण झन् प्रदूषित बन्दै गएको छ । धुवाँधूलोका कारण सास फेर्न समेत कठिन भएको छ भने विभिन्न स्थानमा डढेलोको समस्या पनि देखिन थालेको छ ।

यसबीच मौसमविदहरूले भने आगामी हप्ताबाट केही राहत मिल्ने संकेत गरेका छन् । मौसमविद विनोद पोखरेलका अनुसार अर्को हप्ताबाट नेपालमा पश्चिमी वायु सक्रिय भई हिउँदे वर्षाको सम्भावना देखिएको छ ।

उनले मौसम पूर्वानुमान अनुसार शुक्रबार, जनवरी २३ (माघ ९) देखि देशका विभिन्न स्थानमा हिउँदको पहिलो वर्षा हुने सम्भावना राम्रो रहेको बताएका छन् । यो प्रणालीले करिब एक हप्तासम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

तर पश्चिमी न्यूनचापीय प्रणालीले बाटो परिवर्तन गर्न सक्ने भएकाले पूर्वानुमानमा परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको मौसमविद पोखरेलले जनाएका छन् । आगामी दिनमा थप अद्यावधिक गरिने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Published Date: 15 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय