डेढ महिनादेखि पानी नपर्दा हिउँदे खेती प्रभावित, अर्को हप्ता वर्षाको सम्भावना

डेढ महिनादेखि पानी नपर्दा हिउँदे खेती प्रभावित, अर्को हप्ता वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, माघ १ । हिउँद निख्रिन अब करिब डेढ महिना मात्रै बाँकी रहँदा पनि लामो समयदेखि वर्षा नहुँदा देशभर सुख्खा बढ्दै गएको छ । सामान्यतया मंसिर १५ देखि फागुन १५ सम्मलाई हिउँदयाम मानिए पनि हिउँद सुरु भएको डेढ महिनासम्म एक झर पानी नपर्दा हिउँदे खेती प्रभावित भएको छ ।

वर्षा नहुँदा वातावरण झन् प्रदूषित बन्दै गएको छ । धुवाँधूलोका कारण सास फेर्न समेत कठिन भएको छ भने विभिन्न स्थानमा डढेलोको समस्या पनि देखिन थालेको छ ।

यसबीच मौसमविदहरूले भने आगामी हप्ताबाट केही राहत मिल्ने संकेत गरेका छन् । मौसमविद विनोद पोखरेलका अनुसार अर्को हप्ताबाट नेपालमा पश्चिमी वायु सक्रिय भई हिउँदे वर्षाको सम्भावना देखिएको छ ।

उनले मौसम पूर्वानुमान अनुसार शुक्रबार, जनवरी २३ (माघ ९) देखि देशका विभिन्न स्थानमा हिउँदको पहिलो वर्षा हुने सम्भावना राम्रो रहेको बताएका छन् । यो प्रणालीले करिब एक हप्तासम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

तर पश्चिमी न्यूनचापीय प्रणालीले बाटो परिवर्तन गर्न सक्ने भएकाले पूर्वानुमानमा परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको मौसमविद पोखरेलले जनाएका छन् । आगामी दिनमा थप अद्यावधिक गरिने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Published Date: 15 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने