काठमाडौँ, पुस २८ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आएको उपचार सेवा बन्द गर्ने भएको छ। बिमा बोर्डबाट उपचार खर्चको भुक्तानी नआएपछि सेवा निरन्तर गर्न नसकिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मासिक करिब दुई करोड घाटा हुने र हालसम्म करिब ४० करोड रुपैयाँ बिमा दाबी रकम बाँकी छ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोग बढ्दै गएको र उपचारमा ठूलो खर्च भइरहेको उल्लेख गर्दै उनले रोकथाम कार्यक्रम कमजोर रहेको बताए। नेपालमा करिब ७१ प्रतिशत रोग नसर्ने प्रकृतिका रहेको अनुमान गरिएको छ।
Published Date: 12 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1