आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)

आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य  (फोटो फिचर) : Icon Khabar

काठमाडौँ, पुस २८ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित आमायाङ्ग्री पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। काठमाडौँ उपत्यकाबाट नजिकै रहेको यस गन्तव्यले शान्त वातावरण, मनोरम हिमाली दृश्य र प्राकृतिक सौन्दर्यका कारण उत्कृष्ट पदयात्रा स्थलको रूपमा परिचित हुँदै गएको हो।

आमायाङ्ग्रीको चुचुरोबाट लाङटाङ श्रृङ्खला, दोर्जे लाक्पा हिमाल, अन्नपूर्ण, मनास्लु र सगरमाथासमेतको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यही कारणले गर्दा आमायाङ्ग्री पदयात्रालाई अन्नपूर्ण क्षेत्रको प्रख्यात पुन हिल पदयात्रासँग तुलना गर्न थालिएको छ।

आमायाङ्ग्री पुग्ने पदमार्ग सहज र रमणीय भएकाले नयाँ तथा अनुभवी पदयात्री दुवैका लागि उपयुक्त मानिन्छ। यहाँको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति अनुभव गर्न सकिने भएकाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Published Date: 12 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने