आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)

आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य  (फोटो फिचर) : Icon Khabar

काठमाडौँ, पुस २८ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित आमायाङ्ग्री पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। काठमाडौँ उपत्यकाबाट नजिकै रहेको यस गन्तव्यले शान्त वातावरण, मनोरम हिमाली दृश्य र प्राकृतिक सौन्दर्यका कारण उत्कृष्ट पदयात्रा स्थलको रूपमा परिचित हुँदै गएको हो।

आमायाङ्ग्रीको चुचुरोबाट लाङटाङ श्रृङ्खला, दोर्जे लाक्पा हिमाल, अन्नपूर्ण, मनास्लु र सगरमाथासमेतको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यही कारणले गर्दा आमायाङ्ग्री पदयात्रालाई अन्नपूर्ण क्षेत्रको प्रख्यात पुन हिल पदयात्रासँग तुलना गर्न थालिएको छ।

आमायाङ्ग्री पुग्ने पदमार्ग सहज र रमणीय भएकाले नयाँ तथा अनुभवी पदयात्री दुवैका लागि उपयुक्त मानिन्छ। यहाँको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृति अनुभव गर्न सकिने भएकाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Published Date: 12 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय