दोश्रो भक्तपुर कप – २०७९ को प्रि-क्वाटर फाइनलका सम्पूर्ण खेल सम्पन्न

दोश्रो भक्तपुर कप – २०७९ को प्रि-क्वाटर फाइनलका सम्पूर्ण खेल सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन ८ । भक्तपुर युवा टीमको आयोजनामा भईरहेको दोश्रो भक्तपुर कप – २०७९ को प्रि-क्वाटर फाइनलका सम्पूर्ण खेलहरु सोमबार सम्पन्न भएको छ।

सोमबार भएको बनेपा ब्वाइज र डार्क सुटर्सबीचको खेलमा बनेपा ब्वाइजले डार्क सुटर्सलाई १०–० गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ। खेलबाट बनेपा ब्वाइजका सहिल केसी उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने डार्क सुटर्सका मदन खत्री उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Cup

सोमबारनै सम्पन्न गोदावरी एफसी र एफसी र्यालेबीचको दोश्रो खेलमा गोदावरी एफसीले एफसी र्यालेलाई १-० गोलले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गर्यो। खेलबाट गोदावरी एफसीका रायफी महर्जन उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने एफसी र्यालेका गोलकिपर सुनिल तामांग उदयीमान खेलाडी घोषित भए ।

Bhaktapur Football Cup

प्रतियोगिताका क्वाटर फाइनलका खेलहरु मंगलबारबाट हुनेछ । क्वाटर फाइनलको पहिलो खेल आयोजक भक्तपुर युवा टीम र सुर्यविनायक नगरपालिकाबीच हुनेछ भने दोश्रो खेल हेल्दी फ़ुट्सल र केदारनाथ सुटर्सबीच हुने टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts
ताजा
भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै
मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू