नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा गुण एयरलाइन्सका सबै उडान स्थगित

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा गुण एयरलाइन्सका सबै उडान स्थगित : Icon Khabar

काठमाडौं, फागुन ८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सबै उडान स्थगित गरेको छ । कम्पनीले पछिल्लो समय कर्मचारीलाई तलब नदिएको र कम्पनीका विभिन्न क्षेत्रको बक्यौता रहेको भन्दै प्राधिकरणले उडान रोकेको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले यात्रु सेवाको विश्वसनीयतामा प्रश्न उठेपछि हवाई सुरक्षा विभागले उडान तत्कालका लागि स्थगित गरेको बताए । प्राधिकरणले सोमबार कम्पनीलाई तत्काल उडान नगर्न पत्र लेखेको उनले बताए ।

‘कम्पनीको आर्थिक अवस्था कमजोर रहेको र कम्पनीमा विभिन्न क्षेत्रका कर्मचारी र कर्मचारीको बक्यौता रहेको देखिन्छ । यस्तो अवस्थामा एयरलाइन्सको उडान सुरक्षामा असर पर्ने देखियो । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि हामीले गुण एयरलाइन्सको उडान स्थगित गरेका छौं,’ प्रवक्ता निरौलाले भने ।

यसैबीच, एयरलाइन्सले प्राधिकरणबाट उडान स्थगित गर्ने कुनै पत्र नपाएको जनाएको छ। प्रवक्ता प्रज्वल थापाले पाइलटको तालिम र स्पेयर पार्ट्स अभावका कारण नियमित उडान प्रभावित भएको बताए । ‘हामीले आफ्नै कारणले अहिले उडान रोकेका छौं, प्राधिकरणबाट आधिकारिक पत्र आएको छैन,’ प्रवक्ता थापाले भने । ‘सोमबारदेखि नियमित उडान गर्ने तयारीमा थियौं, तर केही कारणले उडान हुन सकेन ।”

घरजग्गा व्यवसायी राजेन्द्र शाक्य (दिजेन्द्र)ले दुई वर्षअघि यो एयरलाइन्सलाई पुनः सञ्चालनमा ल्याएका हुन् । घरजग्गा व्यवसायमा उकालो लागेका शाक्यले एक अर्ब रुपैयाँको लगानीमा यो एयरलाइन्सलाई पुनर्जीवित गरेका हुन् । उनले यति एयरलाइन्सका पाँच जेट स्ट्रिम विमान एक अर्ब रुपैयाँमा किनेर कम्पनीलाई पुनः सञ्चालनमा ल्याए ।

२०६४ सालदेखि घरजग्गा र सेयर कारोबारमा अर्बौं लगानी गरेका शाक्य नेपाल राष्ट्र बैंकले ल्याएको नीतिका कारण आर्थिक संकटमा परेका थिए । उनले १५ वर्षसम्म आर्थिक व्यवस्थापन गरेर वायुसेवा कम्पनीलाई महत्वाकांक्षी प्रवद्र्धन गरेका थिए तर प्राधिकरणको अहिलेको निर्णयले उनी समस्यामा परेका छन् ।

Published Date: 20 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा