बौद्धिक ब्रेन ड्रेन रोक्न सबै गम्भीर बनौं : प्रधानमन्त्री दाहाल

बौद्धिक ब्रेन ड्रेन रोक्न सबै गम्भीर बनौं : प्रधानमन्त्री दाहाल : Icon Khabar

पोखरा, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्धिक मानिसको विदेश पलायन बढ्दो क्रममा रहेको भन्दै यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ब्रेन ड्रेन रोक्न सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र बलियो भएको प्रमाणित गर्ने धेरै चुनौती भए पनि धैर्य, संयमी र दूरदर्शी भएर पोखरा विश्वविद्यालय र देशको प्रतिष्ठा उच्च राख्नुहुनेछ भन्ने आशा र विश्वास छ । । विभिन्न कारणले विदेश पलायन भएका मानिसहरूलाई रोजगारी र सीपमार्फत स्वदेशमै बस्न मिल्ने वातावरण सिर्जना गर्ने महत्वपूर्ण जिम्मेवारी पनि तपाईंकै हो ।”

उनले शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र परिचालन चुनौतीलगायतका समस्या संघीय शिक्षा ऐनमार्फत सम्बोधन हुने अपेक्षा गरिएको बताए । “सरकारको यो प्रयासमा यहाँ लगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग हुनेछ भन्ने मलाई विश्वास छ।”

प्रधानमन्त्री दाहालले सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका प्रमुख हुने बताए । उनले शिक्षा क्षेत्रमा सबै बुद्धिजीवीहरुको साथ र सहयोगले मात्र सरकारले लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

Published Date: 20 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा