बौद्धिक ब्रेन ड्रेन रोक्न सबै गम्भीर बनौं : प्रधानमन्त्री दाहाल

बौद्धिक ब्रेन ड्रेन रोक्न सबै गम्भीर बनौं : प्रधानमन्त्री दाहाल : Icon Khabar

पोखरा, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्धिक मानिसको विदेश पलायन बढ्दो क्रममा रहेको भन्दै यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ब्रेन ड्रेन रोक्न सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र बलियो भएको प्रमाणित गर्ने धेरै चुनौती भए पनि धैर्य, संयमी र दूरदर्शी भएर पोखरा विश्वविद्यालय र देशको प्रतिष्ठा उच्च राख्नुहुनेछ भन्ने आशा र विश्वास छ । । विभिन्न कारणले विदेश पलायन भएका मानिसहरूलाई रोजगारी र सीपमार्फत स्वदेशमै बस्न मिल्ने वातावरण सिर्जना गर्ने महत्वपूर्ण जिम्मेवारी पनि तपाईंकै हो ।”

उनले शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र परिचालन चुनौतीलगायतका समस्या संघीय शिक्षा ऐनमार्फत सम्बोधन हुने अपेक्षा गरिएको बताए । “सरकारको यो प्रयासमा यहाँ लगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग हुनेछ भन्ने मलाई विश्वास छ।”

प्रधानमन्त्री दाहालले सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका प्रमुख हुने बताए । उनले शिक्षा क्षेत्रमा सबै बुद्धिजीवीहरुको साथ र सहयोगले मात्र सरकारले लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

Published Date: 20 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?