देशका विभिन्न पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन कुन परे त !

देशका विभिन्न पाँच निर्माण कम्पनी कालोसूचीमा, कुन कुन परे त ! : Icon Khabar

काठमाडौं, फागुन ८ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का रोकेको भन्दै पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ । ‘विभिन्न निकायले लेखेको सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूचीको अवधिमा यी कम्पनीहरूलाई सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन दिइने छैन,’ खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

पीपीएमओको गत बिहीबारको निर्णयअनुसार चितवन जिल्लाको भरतपुर–४ स्थित इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड मिन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सञ्चालक विकास श्रेष्ठ रहेको उक्त कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का रोकेको थियो ।

चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई कन्स्ट्रक्सन प्रालि पनि कालोसूचीमा परेको छ । एक वर्षदेखि कालोसूचीमा परेको यस कम्पनीको प्रमुख सञ्चालक सीताराम चौधरी हुन् ।

त्यस्तै करणकुमार मुडभरीको स्वामित्वमा रहेको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । रसुवागढी जलविद्युत कम्पनीसँगको ठेक्का सम्झौताअनुसार यस कम्पनीले काम नगरेको पीपीएमओले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम विद्यालय अन्तर्गत कैलालीस्थित दुर्गालक्ष्मी बहुउद्देश्यीय क्याम्पसको काम रोक्ने गुण निर्माण सेवा पनि कालोसूचीमा परेको छ । गुणराज पाठकले सञ्चालित यो कम्पनी एक वर्षका लागि कालोसूचीमा परेको छ । बर्दियाको बारबर्दिया नगरपालिका कार्यालयले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

Published Date: 20 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?