२३.६० अंकले घट्यो नेप्से परिसूचक

२३.६० अंकले घट्यो नेप्से परिसूचक : Icon Khabar

काठमाडौं, फागुन ८ । सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । गत बिहीबार भने नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक ३.२० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 February 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने