२३.६० अंकले घट्यो नेप्से परिसूचक

२३.६० अंकले घट्यो नेप्से परिसूचक : Icon Khabar

काठमाडौं, फागुन ८ । सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २३.६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । गत बिहीबार भने नेप्से २१.१५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक ३.२० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 20 February 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग