काठमाडौँ, मंसिर २८ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से २६ सयको विन्दुबाट तल झरेको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा कायम रहेको हो । लामो समयसम्म २६ सय विन्दु माथि रहेको नेप्से आइतबार भने सो विन्दुबाट तल झरेको हो ।
आज कुल ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यीमध्ये ५६ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९७ कम्पनीका सेयरमूल्य भने घटेका छन् । बाँकी ६ कम्पनीका सेयरमूल्य स्थिर रहे । आज कुल १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ५५ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक तथा म्युचुअल फण्ड समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक ०.९३ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, एसवाई प्यानल नेपाल तथा एनएमवी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैधन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने सिटी होटेल, श्रीनगर एग्रिटेक इन्ड्रष्टिज तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।
Published Date: 14 December 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1