आइतबार नेप्से परिसूचक १२.५० अंकले घट्यो

आइतबार नेप्से परिसूचक १२.५० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर २८ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से २६ सयको विन्दुबाट तल झरेको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा कायम रहेको हो । लामो समयसम्म २६ सय विन्दु माथि रहेको नेप्से आइतबार भने सो विन्दुबाट तल झरेको हो ।

आज कुल ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यीमध्ये ५६ कम्पनीका सेयरमूल्य बढेका छन् भने १९७ कम्पनीका सेयरमूल्य भने घटेका छन् । बाँकी ६ कम्पनीका सेयरमूल्य स्थिर रहे । आज कुल १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ५५ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक तथा म्युचुअल फण्ड समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत समूहको परिसूचक ०.९३ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, एसवाई प्यानल नेपाल तथा एनएमवी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले सबैधन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने सिटी होटेल, श्रीनगर एग्रिटेक इन्ड्रष्टिज तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

Published Date: 14 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै