अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएसँग गरे इन्गेजमेन्ट

अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएसँग गरे इन्गेजमेन्ट : Icon Khabar

मुम्बई, मंसिर २९ । पछिल्लो फिल्म ‘धुरन्धर’ को कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गुपचुप इन्गेजमेन्ट गरेका छन् । रामपाल आफैंले यो कुराको खुलासा गरे ।

साथै, प्रेमिका गेब्रिएलाले आफूहरूले चाँडै विवाह गर्न सक्ने बताएकी छन् ।

रामपाल हालै रिया चक्रवर्तीको पोडकास्टमा आफ्नी प्रेमिका गेब्रिएलासँग प्रस्तुत भए । दुवैले सम्बन्धको बारेमा छलफल गरे । कुराकानीको क्रममा गेब्रिएलाले भनिन्, “हामीले अझै विवाह गरेका छैनौं, तर हामी चाँडै विवाह गर्न सक्छौं ।’

रामपालले भने, “हामीले इन्गेजमेन्ट गरिसकेका छौं ।’ यो सुनेर रिया चक्रवर्ती छक्क पर्छिन् र सोध्छिन्, “के तपाईंको इन्गेजमेन्ट भैसकेको हो ? रामपालले जवाफ दिए, “हो, हामीले यो कुरा तपाईंको शोमा भनेको थियौं ।’

चक्रवर्तीले पनि पोडकास्टको प्रोमो जारी गर्दै जोडीलाई बधाई दिएकी छिन् । उनले लेखिन्, “शहरको सबैभन्दा राम्रो जोडीलाई बधाई ।’

रामपालले सन् १९९८ मा मोडेल मेहर जेसियासँग विवाह गरेका थिए । पहिलो विवाहबाट यी दम्पतीका दुई छोरीहरू छन्, महिका र मायरा । २० वर्षको विवाहपछि अर्जुन रामपाल र मेहरको सम्बन्धविच्छेद भयो । मेहरले छोरीहरूको हेरचाह गर्छिन् ।

मेहरसँग सम्बन्धविच्छेद गरेपछि, सन् २०१९ मा, अर्जुनले मोडेल गेब्रिएलासँगको आफ्नो सम्बन्धको पुष्टि गरे र उनी गर्भवती भएको खुलासा गरे ।

गेब्रिएलाले जुलाई २०१९ मा छोरा एरिकलाई जन्म दिइन् । ४ वर्षपछि, गेब्रिएलाले सन् २०२३ मा दोस्रो छोरा एरिवलाई जन्म दिइन् । ६ वर्षको डेटिङ पछि, यो जोडीले चाँडै विवाह गर्न सक्छ ।

हलमा प्रदर्शन भैरहेको फिल्म ‘धुरन्धर’ मा रामपालले मेजर इकबालको नकारात्मक भूमिका निर्वाह गरेका छन् । उनको चरित्र र फिल्म दुवैले दर्शकबाट आलोचनात्मक प्रशंसा पाइरहेको छ । फिल्मले नौ दिनमा मात्र ३०० करोडभन्दा बढी कमाएको छ ।

Published Date: 14 December 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु