अष्ट्रेलियामा गोली चलेको घटनामा धेरै मानिसको मृत्यु भएको पुष्टि

अष्ट्रेलियामा गोली चलेको घटनामा धेरै मानिसको मृत्यु भएको पुष्टि : Icon Khabar

काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाको लोकप्रिय पर्यटकीय क्षेत्र बोन्डी बीचमा गोली चलेको घटनामा धेरै मानिसको मृत्यु भएको पुष्टि गरिएको छ। न्यू साउथ वेल्स प्रहरीका अनुसार घटनामा ज्यान गुमाउनेहरूको संख्या भने हालसम्म सार्वजनिक गरिएको छैन।

बीबीसीका अनुसार प्रहरीले घटनासँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएको छ। साथै, घटनाका क्रममा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले सर्वसाधारणलाई सुरक्षा कारण देखाउँदै बोन्डी बीच तथा आसपासको क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा बोन्डी बीचमा दुई जना प्रहरी हिरासतमा रहेको जनाउँदै हाल पनि अपरेसन जारी रहेको उल्लेख गरेको छ। साथै, सर्वसाधारणलाई प्रहरीको निर्देशन पालना गर्न, घेराबन्दी गरिएको क्षेत्र ननाघ्न र उक्त स्थानमा नजान अनुरोध गरिएको छ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ शूटर’ सम्बन्धी सूचनाको आधारमा अनुसन्धान गरिरहेको छ। सेभेन न्यूजको रिपोर्टअनुसार स्थानीय बासिन्दाले गोली चलेको आवाज सुनेको र सयौँ मानिसहरू त्रासमा परेर भागिरहेको देखेको बताएका छन्।

Published Date: 14 December 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु