भक्तपुर, मंसिर २७ । भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खलाले पछिल्लो समय सबैको ध्यान तानेको छ। बिहानको स्वच्छ आकाशसँगै देखिने सेताम्य हिमालका शृङ्खलाले त्रिशुलडाँडालाई अझ आकर्षक बनाएको छ।
यहाँबाट स्पष्ट रूपमा गाङ्ग्चेम्पो, दोर्जे लाक्पा, लाङटाङ हिमशृङ्खला, गणेश हिमाल तथा जुगल हिमशृङ्खलालगायतका हिमालहरू देख्न सकिन्छ। हिउँले ढाकिएका यी हिमालहरू, हरियाली डाँडाकाँडा र खुला आकाशको संयोजनले यहाँ पुग्ने जो–कसैलाई मोहित बनाउँछ।
विशेष गरी बिहान र साँझको समयमा देखिने हिमशृङ्खलाको दृश्य अत्यन्तै मनमोहक हुने गरेको स्थानीयवासी बताउँछन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्रिशुलडाँडा पछिल्लो समय फोटो फिचर र आन्तरिक पर्यटनका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ।
त्रिशुलडाँडाबाट देखिने हिमालको मनोरम दृश्यले भक्तपुरको प्राकृतिक पहिचानलाई थप उजागर गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ।
Published Date: 13 December 2025