काठमाडौ, मंसिर २७ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ ।
८५ रन एनपीएल इतिहासमा पहिलो इनिङमा बनेको यो सबैभन्दा कम स्कोर हो । एनपीएलको फाइनलको पनि कम स्कोर हो । एनपीएलमा यो संयुक्त रुपमा चौथो कम स्कोर हो । पहिलो सिजनमा जनकपुर बोल्ट्स सुदूरपश्चिमविरुद्ध ५१ रनमा अलआउट भएको थियो ।
आजको खेलमा लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३/३ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे ।
चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मीत सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे ।
सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलम्यान र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए ।
रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए ।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।
Published Date: 13 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1