काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै

काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै : Icon Khabar

काठमाडौ, मंसिर २७ । काठमाडौं उपत्यकासहित देशभर पछिल्ला दिनयता चिसो क्रमिक रूपमा बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि शुक्रबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। यसले एक दिनमै चिसो थप बढेको संकेत गर्दछ । यद्यपि शुक्रवार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो ।

मौसम महाशाखाका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यस अवधिसम्म तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

गत मंसिर १९ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको थियो । त्यसयता उपत्यकामा तापक्रम लगातार घट्दो क्रममा रहेको देखिन्छ ।

महाशाखाले काठमाडौंसहित देशका विभिन्न स्थानमा दैनिक न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । बिहान ८:४५ बजे मापन गरिने तापक्रमलाई न्यूनतम र साँझ ५:४५ बजे मापन गरिने तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसमविद्हरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 December 2025
Website | + posts