काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै

काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै : Icon Khabar

काठमाडौ, मंसिर २७ । काठमाडौं उपत्यकासहित देशभर पछिल्ला दिनयता चिसो क्रमिक रूपमा बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि शुक्रबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। यसले एक दिनमै चिसो थप बढेको संकेत गर्दछ । यद्यपि शुक्रवार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो ।

मौसम महाशाखाका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यस अवधिसम्म तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

गत मंसिर १९ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको थियो । त्यसयता उपत्यकामा तापक्रम लगातार घट्दो क्रममा रहेको देखिन्छ ।

महाशाखाले काठमाडौंसहित देशका विभिन्न स्थानमा दैनिक न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । बिहान ८:४५ बजे मापन गरिने तापक्रमलाई न्यूनतम र साँझ ५:४५ बजे मापन गरिने तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसमविद्हरूको भनाइ छ ।

Published Date: 13 December 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु