भक्तपुर, मंसिर २० । सङ्गीतग्राम गुरुकुल नेपालले यमरी पुन्हीको विशेष अवसर पारेर ‘यमरी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। भक्तपुरमा आयोजित उक्त कार्यक्रमले परम्परागत कला–संस्कृति र आधुनिक संगीतको समिश्रण प्रस्तुत गर्दै दर्शक–श्रोतालाई मन्त्रमुग्ध बनायो।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाकी उप प्रमुख रजनी जोशीले गरेकी थिइन्। प्रारम्भमा शर्मिला मुलेपाटीले भगवान गणेशका श्लोक वाचन गरिन्। प्रमुख अतिथि जोशीले शंख फुक्दै तथा डमरु बजाउँदै कार्यक्रममा शुभारम्भ गरिन्। त्यसपछि प्रनिल, सरिला, सुमित्रा, सानुमैयाँ, रोशिका र सुरज कपालीले समूहमा ‘योमारी पुन्ही’ स्वागत गीत प्रस्तुत गरे।
दोस्रो खण्डमा शास्त्रीय संगीतको आकर्षक प्रस्तुति सुनाइयो। सरोद एकलमा सुरेश वज्राचार्य, तबलामा जगन्नाथ धौगोदा र तानपुरामा आशिष लोहला सहभागी थिए।
तेस्रो खण्डमा विभिन्न समकालीन गीतहरू प्रस्तुत भए। ‘मन्को कथा’ गायक तेरेसा विश्वकर्मा, ‘चउलानी पानी’ गायक सत्यनारायण प्रजापति, ‘एक फेरा हाँसी देऊ’ गायक संयोग बस्नेत, ‘कसम’ गायक प्रनिल पलिखेल, ‘बिहानीको मिर्मिरे’ गायक जैस्पर देवपाटे, ‘जाग’ गायक सुनिल लोहलाले प्रस्तुति दिए। यी सबै गीतहरूलाई बैकअप संगीतकार गौतम श्रेष्ठ (तबला–मादल), बिजय वज्राचार्य (बास गिटार), अमुल लोरुङ (लीड गिटार), सुशील माली (ह्यान्ड सोनिक), प्रतिक प्रजापति (बाँसुरी) र आशिष लोहला (रिदम गिटार) ले साथ दिएका थिए।
अन्तिम चौथो खण्डमा फ्युजन संगीत प्रस्तुत गरियो, जसमा अनिल शाही (मुख्य गिटार), संजय याजन (गिटार), जगन्नाथ धौगोदा (तबला), गौतम श्रेष्ठ (जिम्बे) र बिजय वज्राचार्य (बास गिटार) सहभागी थिए।
सङ्गीत, संस्कृतिको संरक्षण र समुदायबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको सङ्गीतग्राम गुरुकुल नेपालका प्रमुख सुनिल लोहलाले आइकन खबरलाई जानकारी दिए।
Published Date: 06 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1