प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने : Icon Khabar

काठमाडौँ, मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेका कामकाजलगायत विषयमा सर्वपक्षीय छलफल गर्न लागेकी हुन्।

छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन्।

‘प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई सर्वपक्षीय छलफलमा बोलाइएको छ,’ एक नेताले भने, ‘छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको रहेछ। छलफलमा आयोग र सुरक्षा निकाय पनि रहने जानकारी दिइएको छ।’

प्रधानमन्त्रीले यस प्रकारको छलफल पहिलो पटक आह्वान गरेकी हुन्। प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ। सरकारले यसमा सहजीकरण गरिरहेको हो।

Published Date: 05 December 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता