एशियाका विभिन्न देशमा आएको बाढी र पहिरोका कारण १००० जना मानिसको मृत्यु

एशियाका विभिन्न देशमा आएको बाढी र पहिरोका कारण १००० जना मानिसको मृत्यु : Icon Khabar

काठमाडौं, मंसिर १६ । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्‍याएका छन्।

श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ। यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन्।

श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन्। यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्‍याएको छ। क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन्।

श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ। यस विपत्तिबाट देशभरका ३०९,६०७ परिवारका १,११८,९२९ मानिस प्रभावित भएका छन्। केही क्षेत्रहरूमा सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

इन्डोनेसियामा ‘सेन्यार’ आँधीका कारण आएको बाढी र पहिरोले मच्चाएको विनाशले मृत्युको सङ्ख्या लगातार बढिरहेको छ। इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले दिएको जानकारीअनुसार, जासुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट मर्नेको सङ्ख्या बढेर ४४२ पुगेको छ।

उत्तर सुमात्रामा सबैभन्दा बढी २१७ जनाको मृत्यु भएको छ र २०९ जना अझै बेपत्ता छन्। आचेह प्रान्तमा ९६ जनाको मृत्यु र ७५ जना बेपत्ता भएका छन्। पश्चिम सुमात्रामा १२९ जनाको मृत्यु र ११८ जना बेपत्ता भएका छन्।

विपद् निवारण तथा न्यूनीकरण विभागका अनुसार, दक्षिणी क्षेत्रमा आएको ठूलो बाढीले ३५.४ लाख मानिसहरूलाई असर गरेको छ। हाट याई शहरमा सबैभन्दा बढी क्षति पुगेको छ। यस हप्ताको सुरुमा भारी वर्षा भएपछि सरकारले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न र उद्धार कार्य सहज बनाउन सोङ्गखला प्रान्तमा आपतकाल घोषणा गरेको थियो।

दक्षिणी थाइल्यान्डमा पनि आँधीबेहरीका कारण आएको भयानक बाढीबाट मर्नेको सङ्ख्या १७० नाघेको छ। यद्यपि अहिले पानीको सतह घट्न थालेको छ र उद्धार कार्य जारी छ। सरकारी प्रवक्ता सिरिपोङ अंगकासाकुलकियातले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार, आठ दक्षिणी प्रान्तहरूमा ठूलो जनधनको क्षति भएको छ।

सोङ्गखला प्रान्तमा मात्रै सबैभन्दा धेरै ११० जनाको मृत्यु भएको छ।

Published Date: 02 December 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो