‘नो भोट’ अर्थात् ‘राइट टू रिजेक्ट’ को प्रावधान अध्यादेशमार्फत समेटिँदै

‘नो भोट’ अर्थात् ‘राइट टू रिजेक्ट’ को प्रावधान अध्यादेशमार्फत समेटिँदै : Icon Khabar

काठमाडौं, मंसिर १६ । निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेशको मस्यौदामा ‘नो भोट’ अर्थात् ‘राइट टू रिजेक्ट’ को प्रावधान समेटिँदैछ ।

राइट टू रिजेक्ट भनेको निर्वाचनमा उम्मेदवार रहेकामध्ये कसैलाई मत दिन्न भनेर मत प्रकट गर्ने प्रावधान हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह मन्त्रालय पठाएको अध्यादेशको मस्यौदामा राइट टू रिजेक्ट प्रावधान छ ।

तर, कसरी यो कार्यान्वयन गर्ने, राइट टू रिजेक्ट अन्तर्गत कति मत खस्दा के अर्थ हुने लगायतका विषय केही खुलाइएको छैन ।

गृहमन्त्रालयका एक अधिकारी भन्छन्, ‘खाली अदालतको फैसलालाई कार्यान्वयन गर्ने गरी राइट टू रिजेक्टलाई निर्वाचनमा सुनिश्चित गर्ने गरी कानुनी रूपमा खुला गर्ने गरी टच गरिएको छ ।’

राइट टू रिजेक्टको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको भने १२ वर्ष भइसक्यो । २१ पुस २०७० मा तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले स्थानीय वा संसद्को चुनावमा मतपत्र छाप्दा राइट टू रिजेक्ट व्यवस्था गर्न भनेको भनेको थियो ।

तर, अझैसम्म यो आदेश कार्यान्वयन भएको छैन । सर्वोच्चको आदेशपछि २०७४, २०७९ मा तीन वटै तहको निर्वाचन भइसकेको छ । आगामी २१ फागुनमा प्रतिनिधिसभाको चुनाव हुँदैछ । तर, अहिलेसम्म कानुनी रूपमा राइट टू रिजेक्टको व्यवस्था हुन सकेको छैन ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार राइट टू रिजेक्टको प्रावधान समेटिएर अध्यादेश जारी भयो भने कार्यान्वयनका लागि निर्वाचन आयोगले नियमावली बनाउने छ, कार्यविधिगत विषय टुंग्याएर लागु गर्न सक्नेछ ।

पछिल्लो पटक निर्वाचन आयोगले १८ असार २०८० मा गृह मन्त्रालय पठाएको निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राइट टू रिजेक्टको व्यवस्था राख्न प्रस्ताव गरिएको छ । तर, यो विधेयक अगाडि बढ्न सकेको छैन ।

आगामी २१ फागुनकै निर्वाचनका लागि आवश्यक व्यवस्था गर्न सरकारले गर्न लागेको ऐन संशोधन अध्यादेशमा भने राइट टू रिजेक्टको व्यवस्था प्रस्तावित छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार राइट टू रिजेक्टको प्रावधान समेटिएर अध्यादेश जारी भयो भने कार्यान्वयनका लागि निर्वाचन आयोगले नियमावली बनाउने छ, कार्यविधिगत विषय टुंग्याएर लागु गर्न सक्नेछ ।

यही अध्यादेशमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयलाइ समेत कानुनी रूपमा खुला गर्ने विषय समावेश छ । कुन–देशमा रहेका नागरिकलाई सुरुमा मताधिकार दिने वा के गर्ने भन्ने विषयमा भने सरकार निर्वाचन आयोग निचोडमा पुगिसकेको छैन ।

Published Date: 02 December 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो