हङकङमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

हङकङमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो : Icon Khabar

काठमाडौं, मंसिर १२ । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।

सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् ।

सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।

Published Date: 28 November 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै