हेटौंडाको मुख्य बजारमा मंसिर २० देखि सवारी बन्द, वैकल्पिक बाइपासमार्ग प्रयोगमा

हेटौंडाको मुख्य बजारमा मंसिर २० देखि सवारी बन्द, वैकल्पिक बाइपासमार्ग प्रयोगमा : Icon Khabar

हेटौंडा, मंसिर १२ । हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधन आवतजावत रोक्ने तयारी गरिएको छ। सडक विस्तारलाई तीव्रता दिन सडकछेउका संरचना हटाउने प्रक्रिया सुरु हुन लागेकाले यो व्यवस्था लागू गर्न लागिएको हो।

डिभिजन सडक कार्यालयका अनुसार चौकीटोल–रातोमाटेसम्मको बाइपास मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी दिनमा विस्तारका क्रममा पर्ने असुविधा कम गर्न वैकल्पिक रुटलाई द्रुतगतिमा निर्माण भइरहेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित प्राविधिक टोलीले बाइपास मार्गको स्थलगत निरीक्षण गरेको र आवश्यक मर्मत तथा बेस तयार भएपछि मार्ग प्रयोगमा ल्याइने जनाइएको छ।

काठमाडौं–भैंसेतर्फ जाने सवारीका लागि नयाँ रुट

मुख्य बजार क्षेत्र बन्द भएपछि हेटौंडाबाट काठमाडौं वा भैंसेतर्फ जानुपर्ने सवारीलाई चौकीटोल–राप्तीनदी उकास–राप्ती पुल–त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ रुट परिवर्तन गरेर चलाइने छ।

सडकछेउका संरचना नहटे डोजर चलाइने

डिभिजन सडक कार्यालयले मंसिर ५ गते जारी गरेको १५ दिने सूचनाको अवधि मंसिर १९ मा सकिँदैछ। तोकिएको समयभित्र संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरेर सडक विस्तार कार्य शुरू गरिने कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए। वडा नम्बर १५ स्थित रातोमाटे क्षेत्रमा सडक मार्किङ कार्य पहिले नै सुरु भइसकेको छ।

विभिन्न निकायसहित टास्क फोर्स गठन

सडक विस्तारलाई व्यवस्थित बनाउने उद्देश्यले उपमहानगरपालिका, जिल्ला प्रहरी, नापी कार्यालय, खानेपानी बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित टास्क फोर्स गठन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार विस्तारका क्रममा खानेपानी, विद्युत् तथा दूरसञ्चार सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ। प्रशासनले स्थानीयवासीलाई सडक विस्तारमा सहयोग गर्न र वैकल्पिक मार्ग सहज रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

Published Date: 28 November 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु