यः मरी पुन्हि संगीत महोत्सव–२०८२ भक्तपुरमा हुने

यः मरी पुन्हि संगीत महोत्सव–२०८२ भक्तपुरमा हुने : Icon Khabar

भक्तपुर, मंसिर १ । सांगीतिक एवं सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सङ्गीत ग्राम गुरुकुल नेपाल र प्रोजेक्ट सुरिलो भक्तपुरले आयोजना गर्न लागेको यः मरी पुन्हि संगीत महोत्सव–२०८२ आगामी मङ्सिर १८ गते भव्य रूपमा सम्पन्न हुने भएको छ।

महोत्सव विद्यार्थी निकेतन सेकेन्डरी स्कुल, साकोठा, भक्तपुरमा आयोजना हुनेछ। नेवारी समुदायको महत्वपूर्ण चाड यः मरी पुन्हिलाई सांगीतिक र सांस्कृतिक उत्सवसँग जोड्दै स्थानीय परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।

कार्यक्रममा स्थानीय कलाकारहरूका प्रस्तुति, सांगीतिक आकर्षण, सांस्कृतिक प्रदर्शन तथा समुदायको सहभागिता रहनेछ। आइकन खबर डटकम सहित कैयौँ प्रतिष्ठानहरू कार्यक्रमलाई सहयोग र साझेदारी प्रदान गरिरहेका छन्।

महोत्सवमा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

Published Date: 28 November 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न