कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध

कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध : Icon Khabar

काठमाडौँ, असोज २० । सिन्धुपाल्चोकस्थित कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध बनेको छ। चीनतर्फका करिब ७०–७५ प्रतिशत कन्टेनर सडक बन्दका कारण रोकिएका छन् भने फलफूलका कन्टेनर कुहिँदै नष्ट गर्नुपरेको व्यवसायीहरूले बताएका छन्।

दशैं, तिहार र जाडोका लागि ल्याइएका कपडा, इलेक्ट्रोनिक्स, जुत्ता, जाकेट र कम्बललगायतका सामग्री बोकेका सयौँ कन्टेनर चीनमै थन्किएका छन्।

सडक डिभिजनका अनुसार डाक्लाङमा ठूलो पहिरोका कारण बाटो खोल्न केही दिन लाग्नेछ। यस्तै, चीनले अक्टोबर १ देखि नेपालतर्फ निर्यात हुने सामानमा कर बढाएकोले ढुवानी अझै जटिल बनेको व्यापारीहरूको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने