कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध

कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध : Icon Khabar

काठमाडौँ, असोज २० । सिन्धुपाल्चोकस्थित कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध बनेको छ। चीनतर्फका करिब ७०–७५ प्रतिशत कन्टेनर सडक बन्दका कारण रोकिएका छन् भने फलफूलका कन्टेनर कुहिँदै नष्ट गर्नुपरेको व्यवसायीहरूले बताएका छन्।

दशैं, तिहार र जाडोका लागि ल्याइएका कपडा, इलेक्ट्रोनिक्स, जुत्ता, जाकेट र कम्बललगायतका सामग्री बोकेका सयौँ कन्टेनर चीनमै थन्किएका छन्।

सडक डिभिजनका अनुसार डाक्लाङमा ठूलो पहिरोका कारण बाटो खोल्न केही दिन लाग्नेछ। यस्तै, चीनले अक्टोबर १ देखि नेपालतर्फ निर्यात हुने सामानमा कर बढाएकोले ढुवानी अझै जटिल बनेको व्यापारीहरूको गुनासो छ।

Published Date: 06 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै