लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता

लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता : Icon Khabar

रसुवा, असोज २० । लाङटाङमा ट्रेकिङ जाँदा बाढी-पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ।

सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो। उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए।

जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ। पाँच वटा स्थानमा खोजी भइरहेको छ। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो।

बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० बस्ने रवि श्रेष्ठ छन्।

Published Date: 06 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै