लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता

लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता : Icon Khabar

रसुवा, असोज २० । लाङटाङमा ट्रेकिङ जाँदा बाढी-पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ।

सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो। उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए।

जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ। पाँच वटा स्थानमा खोजी भइरहेको छ। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो।

बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० बस्ने रवि श्रेष्ठ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने