भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु

भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु : Icon Khabar

काठमाडौं, असोज २० । निरन्तर वर्षापछि आएको भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दार्जिलिङ प्रशासनले भने इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जना समेतलाई आफ्नो तथ्यांकमा राखेर मृत्यु हुनेको संख्या २३ बताएको छ ।

भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङबाट लोक सभामा निर्वाचित लोक सभा सदस्य राजु विष्टले समेत आज बिहान मिडियासँग बोल्दै बाढी पहिरोका कारण १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको बताएका छन् । मृत्यु भएका सबै नेपालीभाषी हुन् ।

मृत्यु हुनेमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राईको मृत्यु भएको छ । जोरबुङ्लो प्रहरी चौकी क्षेत्रबाट चार जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये तामसाङका २१ वर्षीय वाङछुक तामाङ, सालु डिभिजन मारायबोङकी ३५ वर्षीया लैला राई, पुस्सिम्बिङ टी गार्डेनकी ६५ वर्षीया सीमा शिवा, र रिङ्टोंग टी गार्डेन फूलबारीकी ६५ वर्षीया पुरुस्ता सुब्बा रहेका छन् । सुकियापोखरी प्रहरी चौकी क्षेत्रमा सियोक टी गार्डेनका ६७ वर्षीय मानबहादुर प्रधान र ६५ वर्षीया विमला प्रधानको मृत्यु भएको छ ।

Published Date: 06 October 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु