भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध

भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध : Icon Khabar

भक्तपुर, असोज १९ । भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा अविरल वर्षापछि खोलामा आएको बाढीले माटो कटान गरेको छ। कटानसँगै रुख ढल्दा उक्त रुख विद्युत् तारमा अड्किएर स्थानीय क्षेत्रमा बत्ती आपूर्ति अवरुद्ध भएको छ।

स्थानीयवासीले ढलेको रुख तत्काल हटाइदिएको खण्डमा विद्युत् मर्मत गर्न सजिलो हुने र लोडसेडिङ समाधान हुने बताएका छन्। तर समस्या समाधान नभएकाले उनीहरूले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

उक्त क्षेत्र भक्तपुर नगरपालिका–८ जगाती–लिवालीसँग जोडिएको मार्ग हो। यो बाटो जगाती–थुसाचा हुँदै इथुली तथा महेश्वरी बैङ्क्वेट तर्फ जाने महत्वपूर्ण सडकखण्ड मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 05 October 2025
Website | + posts