सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज १९ । दसैँका बिदाका कारण केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर निर्धारण हुँदा सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। त्यसदिन प्रतितोला २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 October 2025
Website | + posts