सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज १९ । दसैँका बिदाका कारण केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। असोज १२ गतेपछि पहिलोपटक दर निर्धारण हुँदा सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि असोज १२ गते सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। त्यसदिन प्रतितोला २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेका हुन्।

Published Date: 05 October 2025






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न