साँगामा पहिरोले सडक ढाक्दा अरनिको राजमार्ग दुबै तर्फ अवरुद्ध, भक्तपुर–नाला सडक वैकल्पिक मार्ग

साँगामा पहिरोले सडक ढाक्दा अरनिको राजमार्ग दुबै तर्फ अवरुद्ध, भक्तपुर–नाला सडक वैकल्पिक मार्ग : Icon Khabar
तस्बिर : सुन्दर शिल्पकार

काठमाडौं, असोज १९ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र रहेको साँगामा ढुंगा र लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

शनिबारदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ५ बजेदेखि नै स–साना ढुंगा र लेदोसहितको पहिरो झरिरहेको थियो । राति करिब ९ बजेदेखि सो सडक खण्डमा दुईतर्फी यातायात आवगमन अवरुद्ध भएको छ । वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको उनले बताए ।

अवरुद्ध सडकखण्डमा अहिले एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

यस्तै, पहिराेमा पेट्रोलियम पदार्थ बोकेकाे ट्यांकर फसेकाे छ । अहिले एक्स्काभेटरको सहायताले पहिरो हटाउने क्रम जारी छ ।

अरनिकाे राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्ला जाने सवारीसाधन सञ्चालनमा शनिबारदेखि नै राेक लगाइएकाे छ । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा तीन दिन राेकलगाएसँगै भक्तपुरकाे जगातीबाट पूर्व जाने सवारी पनि चलेका छैनन् । आज पनि पूर्वी नाका हुँदै जाने सवारीसाधन राेकिने प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिए ।

Published Date: 05 October 2025






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न