मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ ३१ । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

यसअघिको सुनको उच्च भाउ प्रतितोला २ लाख १५ हजार ८ सय थियो । उक्त मूल्य भदौ २७ गते कायम भएको थियो । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 16 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै