हङकङलाई हराउन श्रीलंकाको संघर्ष

हङकङलाई हराउन श्रीलंकाको संघर्ष : Icon Khabar

काठमाडौं, भदौ ३१ । श्रीलंकाले एसीसी टी-२० एसिया कपमा हङकङमाथि ४ विकेटको संघर्षपूर्ण जित निकालेको छ । यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ ।

जित्नलाई पछ्याएको १ सय ५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांका ४४ बलमा ६ चौका र २ छक्कासहित ६८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए ।

कुशल मेन्डिस ११, कामिल मिसारा १९, कुशल परेरा र वानिन्दु हसरंगाले २०(२० रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले २, आयुश शुक्ला, एहसान खान र अजिज खानले १-१ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अंशुमन रथले ४६ बलमा ४ चौकासहित ४८, जिशान अलीले २३ र बाबर हायतले ४ रन जोडे । श्रीलंकाका दुश्मन्था चमिराले २, वानिन्दु हसरंगा र दासुन शानकाले १-१ विकेट लिए ।

समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेताको रुपमा सुपर फोर खेल्नेछ । मंगलबार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको खण्डमा भने अन्तिम खेलमा हारका बाबजुद श्रीलंका सुपर फोरमा पुग्नेछ । उक्त खेलमा बंगलादेश विजयी भएमा र अन्तिम खेलमा श्रीलंकाले हारेको खण्डमा भने नेटरनरेटमा भरपर्नेछ ।

अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । हङकङ सबै खेलमा हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगेको छ । बुधबार पाकिस्तान र युएईबीचको विजेता टोली सुपर फोरमा पुग्ने समिकरण बनेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न