हङकङलाई हराउन श्रीलंकाको संघर्ष

हङकङलाई हराउन श्रीलंकाको संघर्ष : Icon Khabar

काठमाडौं, भदौ ३१ । श्रीलंकाले एसीसी टी-२० एसिया कपमा हङकङमाथि ४ विकेटको संघर्षपूर्ण जित निकालेको छ । यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ ।

जित्नलाई पछ्याएको १ सय ५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पाथुम निसांका ४४ बलमा ६ चौका र २ छक्कासहित ६८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिए ।

कुशल मेन्डिस ११, कामिल मिसारा १९, कुशल परेरा र वानिन्दु हसरंगाले २०(२० रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले २, आयुश शुक्ला, एहसान खान र अजिज खानले १-१ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अंशुमन रथले ४६ बलमा ४ चौकासहित ४८, जिशान अलीले २३ र बाबर हायतले ४ रन जोडे । श्रीलंकाका दुश्मन्था चमिराले २, वानिन्दु हसरंगा र दासुन शानकाले १-१ विकेट लिए ।

समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा समूह विजेताको रुपमा सुपर फोर खेल्नेछ । मंगलबार हुने खेलमा अफगानिस्तानले बंगलादेशलाई हराएको खण्डमा भने अन्तिम खेलमा हारका बाबजुद श्रीलंका सुपर फोरमा पुग्नेछ । उक्त खेलमा बंगलादेश विजयी भएमा र अन्तिम खेलमा श्रीलंकाले हारेको खण्डमा भने नेटरनरेटमा भरपर्नेछ ।

अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । हङकङ सबै खेलमा हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगेको छ । बुधबार पाकिस्तान र युएईबीचको विजेता टोली सुपर फोरमा पुग्ने समिकरण बनेकोछ ।

Published Date: 16 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै