असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : Icon Khabar

काठमाडौँ, भदौ ३१ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् ।
दुईवटा बैंकले भने ब्याजदर बढाएका छन् ।

बैकहरुको औषत ब्याजदर भने भदौको तुलनामा घटेको छ । भदौमा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.५७ प्रतिशत रहेकोमा असोज महिनामा घटेर ५.४६ प्रतिशत कायम भएको छ ।

असोज महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

नेपाल बैंक लिमिटेड
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत ब्याजदर दिने भएको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ब्याजदर ५.४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

प्रभु बैंक
प्रभु बैंकले पनि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.३५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक
बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक
सानिमा बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

ग्लोबल आइएमई बैंक
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।

एनएमबी बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

कृषि विकास बैंक
बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बेंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२० प्रतिशत र संस्थागततर्फ २.८५ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।

माछापुच्छ्रे बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो । ।

स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१३ प्रतिशत ब्याज दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर दिएको थियो ।

नबिल बैंक
बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने