धरानमा आगजनी गरेको भाटभटेनी स्टोर भित्र जलेको अवस्थामा शव फेला

धरानमा आगजनी गरेको भाटभटेनी स्टोर भित्र जलेको अवस्थामा शव फेला : Icon Khabar

काठमाडौँ, भदौ २७ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।

शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

स्थानीय प्रहरीकाअनुसार शवको सनाखत गर्ने प्रयास भइरहेको छ । जेनजी आन्दोलनका क्रममा देशका अन्य क्षेत्रमा जस्तै धरानको भाटभटेनी सुपरमार्केटको स्टोरमा समेत आन्दोलनकारीहरुले आगो लगाएका थिए । स्टोरमा आगो लाग्दा धेरै कर्मचारीहरु भित्रै काम गरिरहेका थिए । भेटिएको शव कुनै कर्मचारीकै हुनसक्ने अनुमान गरिएको छ ।

सो स्टोरमा कार्यरत तीन कर्मचारीहरु हराइरहेका बताइएको छ । भेटिएको शव ती तीनजनामध्येकै हुनसक्ने विषयमा प्रहरीले आफ्नो अनुसन्धान केन्द्रीत गरेको छ ।

Published Date: 12 September 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु