धरानमा आगजनी गरेको भाटभटेनी स्टोर भित्र जलेको अवस्थामा शव फेला

धरानमा आगजनी गरेको भाटभटेनी स्टोर भित्र जलेको अवस्थामा शव फेला : Icon Khabar

काठमाडौँ, भदौ २७ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।

शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

स्थानीय प्रहरीकाअनुसार शवको सनाखत गर्ने प्रयास भइरहेको छ । जेनजी आन्दोलनका क्रममा देशका अन्य क्षेत्रमा जस्तै धरानको भाटभटेनी सुपरमार्केटको स्टोरमा समेत आन्दोलनकारीहरुले आगो लगाएका थिए । स्टोरमा आगो लाग्दा धेरै कर्मचारीहरु भित्रै काम गरिरहेका थिए । भेटिएको शव कुनै कर्मचारीकै हुनसक्ने अनुमान गरिएको छ ।

सो स्टोरमा कार्यरत तीन कर्मचारीहरु हराइरहेका बताइएको छ । भेटिएको शव ती तीनजनामध्येकै हुनसक्ने विषयमा प्रहरीले आफ्नो अनुसन्धान केन्द्रीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न