सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, भदौ २७ । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा भईरहेको छ ।

यसअघिको सुनको उच्च भाउ प्रतितोला २ लाख १४ हजार ७ सय थियो । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 12 September 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु