भक्तपुरमा कर्फ्यू आदेश जारी

भक्तपुरमा कर्फ्यू आदेश जारी : Icon Khabar

भक्तपुर, भदौ २४ । भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र पर्ने विभिन्न क्षेत्रलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ।

आदेश अनुसार भदौ २४ गते बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी चार किलोमिटर भित्रका सीमाभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा हिँडडुल गर्न नपाइने प्रष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी नवराज घिमिरेले जारी गरेको आदेशमा शान्ति सुरक्षा र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार कर्फ्यू लागू गरिएको उल्लेख गरिएको छ।

Published Date: 09 September 2025